logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

दिदि बहिनीले तिजको सदुपयोग गरे या दुरुपयोग ! यो उनिहरुले महसुस गरून्…


  • दिपेन्द्र जंग शाहि
  • बुधबार, भाद्र ४ २०७६

केहीदिन अगाडि बाट हरेक साझ देखिने तडक भडक हेर्दा हिन्दु नारिहरुको ठूलो पर्व तिज मौलिकता बिर्सदै आधुनिकताको नाममा हरेक होटेल , रेस्टुरेन्ट र पार्टी प्यालेस हरुमा थन्कदै छ । मेरो जिब्रोले सहि उच्चारण गर्न सक्यो सकेन अनुमान लगाउन गार्हो भयो ;दर भन्न खोज्ने रहेछन !  डर सुने जस्तो लाग्छ !!

साथिहरुसङ्ग दुखेसो पोख्ने एक अबसर गित गायर नाचेरै पीडा भुल्ने थलो माइती घर जानै पर्दैन रहेछ , महिनौ अगाडि देखि दर खाने रे अङ्ग्रेजी हिन्दी गितका बोल मा महङ्गो महङो गहना प्रदर्शन गर्ने रे , उत्पादनशील समय नाचेरै बिताउने रे स्वस्थ स्वच्छ खाने होइन वाइन खाने रे त्यसैले मेरो जिब्रोले सहि बोल्न नि सकेन दिमागले ठम्याउन पनि सकेन, भन्न खोज्ने दर रहेछन मलाइ डरको अनुभुती हुने!!

आदरणीय आमा दिदिबहिनी हरु यो सब बिकृतिको पछि लाग्न छोडौ , अलिकती हृदयमा मानबिय मन बनायर केही गर्न नसकेपनी पिडित दाजुभाइ, दिदिबहिनी, आमाबुवाहरुमा हृदयमानबता देखाउन सकौ यो पर्व त भोलि पनि आउँछ मनाउनै पर्छ अझै धेरै दिन बाकी छ त्यसपछी मनाउदा पनि हुन्छ !! यो खानपिन बाट माथी उठेर केही गर्नुपर्छ भन्ने भावनाको बिकाश गर्नुपर्छ तपाईं हाम्रो ब्यबहारले , पर्व पर्व हो हामी पनि सरिक हुनुपर्छ भन्ने भावना सबैमा उत्पन्न हुने बनाउनु पर्छ।

यो त धनी र हुनेखानेहरुको पर्व हो भन्ने बिकृतीपुर्ण सन्देश समाजमा जसरी मौलाउदै गयको छ यसलाइ अहिले देखि नै चिरफार गरेर राम्रो सन्देशको बीउ समाजमा बिजारोपण गर्न हामी सबै उतिकै लागिपर्नुपर्छ। तिजका पुराना गित सन्दर्भ हेर्ने हो भने नारिका शोषण दमनलाइ उजागर गर्ने खालका प्रस्तुती पाइन्छन एकदिन भयपनी सङ्गसङ्गै भेला भयर आमाछोरी बुहारी भेला भइ दुखसुख बाड्ने र पीडा पोख्ने वृतान्त भेटिन्छन र बास्तबमा सत्य पनि यहि हुनुपर्छ। तर आज आयर खानपिन महङ्गो लुगा र गहना प्रदर्शन गर्ने पर्व हो भन्ने बुजाइ हुन थालेको छ।

तपाईं हाम्रो परिवार बाट समाज परिबर्तनका सुधरात्मक कार्यको थालनी नभय गरिब निमुखा र मजदुर गरेर खाने बर्गमा मात्र सुधारको अपेक्षा राखियो भने समाजको बिकाशको सम्भब छैन झन बिकृती चुलियर जान्छ।

Image result for teej

त्यसैले आमा दिदिबहिनीमा तिज पनि समाजको सन्दर्भ हो भनी सन्देश जान जरुरी छ, हिजोअस्ति मात्र महिला भोटर्स अधिकार पायको अमेरिका हेर्नुस त कति अगाडि छ। संसार घुम्ने सामर्थ्य राख्छन तर हामी भने झन पर्बहरुलाइ बिकृततुल्य बनाउन मा मदत गरिरहेका छौ।

त्यसैले सबै दिदिबहिनिहरुमा अनुरोध छ हाम्रो आमा दिदिबहिनीले समाजलाइ सुधार गर्न योग्य र समाज निर्माण गर्न अग्रणी भुमिका खेल्न सक्नु हुन्छ हाम्रा हरेक पर्व सकारात्मक बनाउने प्रयत्न गरौ एक मनले अर्को मन नदुखाउ सकेजती को सहयोग गरौ सहयोग गर्न नसकेमा कसैको हृदयमा चोट नपुर्याउ किनकी तपाइलाइ देख्दा नजिक आउन मन लागोस , रमाउन मन लागोस , मनमा घृणा पैदा नहोस भन्दै बेलामा हिरा फोड्न सकौ नसके नुनढिकी जोडौ भन्दै हरितालिका तिज २०७६ को सबै हिन्दु नारिहरुमा शुभकामना!!!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार