राजनीति
पोखरा- पोखराको जिरोकिलोमिटरमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।
लु १ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल चालक भारतीय नागरिक ५५ बर्षका रफिक खाँनको मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।
भारतको मेघापुर घर भई पोखराको सृजनाचोकमा बस्दै आएका खाँनको शव हाल पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
ठक्कर दिने ट्रक चालक बाग्लुङ, धम्जा ७ का ३० बर्षीय उजिर बहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिए ।
चालक सहित ट्रकलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।