राजनीति
नवलपुर – नेत्र विक्रम चन्द (विप्लव) नेकपका पूर्वी नवलपरासी जिल्ला सेक्रेटरी वीरबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। थापालाई गैंडाकोटको नारायणी पुल नजिकबाट पक्राउ गरिएको हो। कावासोती नगरपालिका-३ घर भएका थापालाई शनिबार साँझ पक्राउ परेका थापालाई आवश्यक अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।
थापासँगै अहिलेसम्म पूर्वी नवलपरासीमा चन्द समूहका १० जना नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन्।