राजनीति
पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको सचिवालय बैठकले कुनै पनि विषयलाई पार्टीभित्र छलफल नगराई सार्वजनिक रुपमा लगिए स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हाल स्वास्थ्योपचारका लागि सिङ्गापुरमा छन् ।