logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

खेम थपलिया रिहा, हमाललाइ सर्वोच्च बोलाइयो


  • राजनीति
  • सोमबार, भाद्र ९ २०७६

नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव एवं वरिष्ठ लेखक पत्रकार खेम थपलिया १७ दिनको हिरासत बसाइपछी रिहा भएका छन् ।

आज सर्वाेच्च अदालत आदेशमा रिहा भएकाहुन । न्यायधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासको सोमबार दिएको आदेशमा थपलिया रिहा भएका हुन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले गत साउन ३ गते थपलियाको रिहाईका लागि सर्वाेच्च अदालतमा  बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

उनि रिहा भएपछि अनामनगर स्थित संवाद डवलीमा स्वागत तथा सम्मान गरिएको थियो । त्यस्तै गत शुक्रवार पोखराबाट पक्राउ परेका पत्रकार ओम हमालको पक्षमा पत्रकार महासंघ केन्द्रीय सदस्य एवं क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्षसमेत रहेका जैसीले दायर गरेको रिटउपर आज बहसपछि पत्रकार हमाललाई ३ दिनमा सर्वाेच्चमा हाजिर गराउन र पक्राउ गर्नुको कारणसहित जवाफ पठाउन सर्वाेच्चले आदेश दिएको छ ।

सर्वाेच्चका न्यायाधीश प्रकाशमान सिंह रावतको एकल इजलासले आदेश दिएको हो । पत्रकार हमाललाई शुक्रबार विप्लव नेतृत्वको पोखरा इन्चार्ज रुपेशको अन्तर्वार्ता लिइरहेका बेला रुपेशसँगै पक्राउ गरेको थियो। दुवै जनालाई पोखरा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार