logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सेनाको रेञ्जर फोर्स राष्ट्रियताको लागी खतरा हो खारेज गर्नुपर्छ : देव गुरुङ


  • राजनीति
  • मंगलबार, भाद्र १० २०७६

वर्तमान सरकारको प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एंव सांसद देवप्रसाद गुरुङ्गले सेनाको रेञ्जर बटालियन फोर्स खारेज गर्न माग गरेका छन् । उनले सेनाको बटालियन फोर्स राष्ट्रियता कै निमित्त खतरा बन्न सक्ने भन्दै खारेजीको माग गरेका हुन् ।

सोमबार प्रतिनिधि सभाको वैठकमा बोल्दै नेकपाको प्रमुख सचेतकसमेत रहेका नेता गुरुङ्गले युद्धकालिन समयमा अमेरिकी सेनाको सहयोगमा बनाइएको रेञ्जर बटालीनय फोर्सलाई खारेज गरि सामान्य सेनामा रुपान्तरण गर्नुपर्ने माग गरेका हुन् । उनले शान्तिप्रक्रियामा देश गईसकेको भन्दै द्धन्द्धकालिन संरचनाको रुपमा रहेको रेञ्जर बटालीयन फोर्सको आवश्यकता नरहेको बताए ।

‘माओवादी जनयुद्धको बेलामा तत्कालिन नेपाल सरकारकाले अमेरिकी सेनाको सहयोगमा नेपाली सेनाभित्र अप्रेसनको लागि भनेर विशेष संरचना रेञ्जर बटालीयन बनाएको थियो । अहिले शान्ती प्रक्रिया सुरु भईसकेको छ । र, मुलुक एउटा प्रक्रियामा अगाडि बढिसकेको छ ।’ गुरुङ्गले भने, ‘यो अवस्थामा द्धन्द्धकालिन संरचनाहरु कायम राखिनु हुँदैन् । रेञ्जर बटालियन खारेज गरेर सामान्य सेनामा परिणत गर्नुपर्छ ।’

उनले रेञ्जर बटालिय फोर्सलाई रेजिनेन्ट बनाउने प्रक्रिया चलिरहेको भन्दै अविलम्ब रोक्न मागसमेत गरेका छन् । नेता गुरुङ्गले रेञ्जर बटालीयन राष्ट्रियताको निमित्तसमेत खतरायुक्त भएको बताए । उनले अबिलम्ब प्रक्रिया रोक्न र उक्त फोर्सलाई खारेज गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार