logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रवि लामिछाने विरुद्ध फेरी अर्को उजुरी,यस्ता छन बिषय


  • राजनीति
  • बुधबार, भाद्र ११ २०७६

पोखरा- टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेकोछ।न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले प्रेस काउन्सिलमा उजुरी दिएका हुन ।

कञ्चनपुरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’का सम्पादकसमेत रहेका भण्डारीले बुधबार ‘न्यूज–२४’ टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता लामिछानेविरुद्ध पत्रकार आचारसंहिता उल्लंघनको उजुरी दिएका हुन् ।

लामिछानेले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको ‘नग्न उल्लंघन’ गर्दै आफूमाथि अन्याय गरेको र पत्रकारिता पेशालाई कलंकित पार्ने गरी काम गरेको दाबी गर्दै भण्डारीले उनीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार