logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अखिल क्रान्तिकारी तनहुँ अध्यक्ष ममता रुचाल पक्राउ


  • राजनीति
  • बुधबार, भाद्र ११ २०७६

दमौली- तनहुँ प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष ममता रुचाललाई पक्राउ गरेको छ ।

प्रहरीले व्यास ११ घाँसिकुवाबाट उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध अनुसन्धान थालिएको प्रहरी उपरीक्षक विनोद शिलवालले जानकारी दिए ।

रुचालविरुद्ध यसअघि पनि मुद्दा रहेको र पार्टीका गतिविधिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले तनहुँमा विप्लवका कार्यकर्ताहरुमाथि निगरानी बढाउँदै गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार