राजनीति
पोखरा- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक गरेको छ।अनधिकृत रुपमा गाडी पार्किङ गरेको भन्दै मन्त्री महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडीमा नयाँ बानेश्वरमा बुधबार ट्राफिक प्रहरीले ह्विल लक गरेको हो।
ट्राफिक प्रहरीका एक अधिकृतले गाडी पार्किङ गर्न नपाइने ठाउँमा पार्किङ गरेको भेटिएपछि ह्लि लक लगाइएको बताए। उनका अनुसार कारबाहीस्वरुप चालकलाई पाँच सय रुपैयाँ जरिवाना गरिनेछ।
केही दिनअघि सिंहदरबार दक्षिण गेटमा अनधिकृतरुपमा पार्किङ गरेको गृह मन्त्रालयका एक सहसचिवको गाडीमा पनि ट्राफिक प्रहरीले ह्विल लक गरेको थियो।