logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

डा केसी तराईको मुसहर बस्तीमा उपचार गर्दै

जहाँ २३ जनाको शीत लहरले ज्यान गएको छ


  • राजनीति
  • शुक्रबार, माघ ५ २०७४

पोखरा/ त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी मुसहर बस्तीमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेका छन् । उनी सर्वसाधारणको स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरणका रौतहटको गढीमाई नगरपालिकाको मुसहर तराई बस्तीमा  झरेका हुन् ।

डा. केसीले रौतहटको गढीमाई नगरपालिकाका विभिन्न वडाका चमार, दुसाद, मुसहर, सरभङ, डोमलगायत बस्तीमा न्यानो कपडा पनि वितरण गरेका छन् । उनीसँगै डा. तोसिमा कार्की, अभिशेख राजसिंह पनि दलित बस्तीमा पुगेका छन् ।

उनले बाटोमा भीख माग्न बसेका तथा ज्याला मजदुरी गर्नेलाई समेत न्यानो कपडा वितरण गरेका छन् । डा. केसीसहितको टिम बुधबार काठमाडौंबाट केही थान कम्बल र न्याना लुगा बोकेर रौतहट आएको हो । यसपालिको शीतलहरले रौतहटमा २३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार