logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’


  • रासस
  • मंगलबार, भाद्र १७ २०७६

पोखरा – झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो ।

मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन् ।

झापामा पहिलोपटक शुरु गरिएको अभियान राजमार्ग क्षेत्रका सबै पम्पहरुमा लागू गरिने काँकडभिट्टा ट्राफिक प्रहरी पोस्टका प्रमुख कालीदास रेग्मीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार