राजनीति
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अझै विश्वासको संकट देखिएको बताएका छन् ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टी एकता ओली र प्रचण्डमा अडि्कएको बताएका हुन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘चुरो र मूर्त कुरा दुई जनाको व्यवस्थथापन हो । उहाँहरुले एकअर्काप्रति विश्वास खोज्नुभएको छ ।’
दुई नेताको व्यवस्थापनबारे ठोस सहमति नभएसम्म पार्टी एकता अघि बढ्न नसक्ने उनले बताए । उनले भने, ‘उहाँहरुको कुरा कसले कसरी नेतृत्व गर्ने भन्ने प्रश्न मुख्य छ ।’
प्रचण्डलाई पार्टीको नेतृत्व दिँदा एमाले र माओवादीभित्रको शक्ति सन्तुलन फेरिएर सरकार नै अप्ठ्यारोमा पर्ने सम्भावना केपी ओलीले देखेको हुनसक्ने उनको भनाइ छ ।
त्यस्तै माओवादी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व पनि छाड्ने र पार्टीको नेतृत्व पनि नपाउने भन्ने प्रश्न पार्टीभित्रै उठ्ने हुनाले प्रचण्ड र ओली दुबै दबावमा रहेका पौडेलको भनाइ छ । ‘त्यसैले दुई जना नेताको व्यवस्थापनको कुरा खुलेर सेटिङ नभएसम्म पार्टी एकता अघि बढ्न सक्दैन’ उनले भने ।