राजनीति
अनुशासन कारबाहीको धम्की नदिन पार्टी सभापति शेरबहादुर देउवालाई नेपाली कांंग्रेसका नेता प्रकाशमान सिंहले चेतावनी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सिंहले देउवामाथि पार्टीम मनपरी गरेको र २/४ जना नेतालाई लिएर हिँडेको आरोप लगाए । सुजाता कोइरालाबाहेक अरुलाई समानुपातिकमा नदोहोर्याउने केन्द्रीय कार्यसमितिको निर्णय भएपछि त्यसलाई उल्लंघन गरेको उनको आरोप छ ।
उनले देउवालाई आफू गल्ती गर्ने अनि अरुलाई अनुशासनको कारबाहीको धम्की दिने भनेका छन् । ‘पार्टी बैठकमा, बाहिर कस्तो बोल्यो भनेर अनुशासनको कारबाहीको डर धम्की दिने काम नगर्नुहोला’ उनले भनेका छन्, ‘हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका हौं । तपाईदेखि डराउने कुनै छैन ।’
अनुशासनको कारबाहीको धम्की दिँदैमा असैको आवाज बन्द नहुने भन्दै उनले देखेको कुरा बोल्ने बताए ।