logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पत्रकार हमालकाे रिहाइकाे माग गर्दैै महासंघद्वारा आन्दोलनकाे घाेषणा


  • राजनीति
  • बुधबार, भाद्र १८ २०७६

पोखराका पत्रकार ओम हमाललाई रिहाइकाे माग गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आन्दोलन का कार्यक्रम घाेषणा गरेकाे छ।

गण्डकी प्रदेश महासचिव गणेश पाैड्यालद्वारा जारी बिज्ञप्तिमा भनिएकाे छ ‘पोखराका पत्रकार ओम हमाललाईसर्वोच्च अदालतको आदेशपछि, पुन: पक्राउ गरिएको घटना प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितको गम्भीर ध्यानाकर्षण भएको छ ।’

बिज्ञप्तिमा अगाडि भनिएकाे छ  ‘राज्यको यो गैर कानुनी हर्कतको महासंघ प्रदेश समिति घोर भत्सर्ना गर्दै पत्रकार हमालको स सम्मान रिहाईको माग गर्दछ । साथैै रिहाइका लागि दवाव दिन यही भदौ १८ गते यस प्रदेश अन्तर्गतका सबै जिल्ला शाखाहरुलाई जिल्ला प्रशासन कार्यलयमा पुगि प्रमुुख जिल्ला अधिकारी मार्फ़त नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउन आग्रह गर्दछ ।’

हेर्नुस् बिज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार