logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जनार्दन शर्मा सग स्पष्टीकरण लिने नेकपाको तयारी


  • पत्रपत्रिका
  • बुधबार, भाद्र १८ २०७६

केपी ओली र प्रचण्ड ‘मिलेपछि’ नेकपाभित्र अनुशासन कायम गराउन नेतृत्वका विरुद्ध नकारात्मक टीका–टिप्पणी गर्न नपाउने उर्दी जारी भएलगत्तै केही नेताहरुलाई स्पष्टीकरण मागेर ‘डिमोरलाइज्ड’ गर्ने योजना बनेको जानकारी प्राप्त भएको छ।

विभिन्न सन्दर्भमा विभिन्न नेताहरुलाई सार्वजनिक रुपमै नकारात्मक टिकाटिप्पणी गर्ने व्यक्तिहरुलको खोजी नेकपा भित्र व्यापकरुपमा हुन थालेको छ। यस क्रममा जम्मा पाँच जना नेताहरुको नाम स्पष्टीकरण लिनुपर्ने व्यक्तिका रुपमा सूचीबद्ध भएको बुझिएको छ।

पार्टीमा फलामे अनुसाशन कायम गर्नका निम्ति महासचिव विष्णु पौडेलले विशेष अग्रसरता लिएका छन्। र, अनुसाशनहिनहरुको सूची तयार गर्न पनि उनले नै तत्परता दिएको बताइन्छ।

नेताहरु भीम रावल, जनार्दन शर्मा, सूर्य थापा, मेटमणि चौधरी र जगन्नाथ खतिवडामाथि पार्टीको नीति र नेताविरुद्ध गतिविधि गरेको आरोप लागेको छ। यो समाचार घटना र विचार साप्ताहिकमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार