राजनीति
पोखराका पत्रकार ओम हमाललाई रिहाइकाे माग गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ। यस्तै घाेशीत कार्यक्रम गण्डकी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा ज्ञापनपत्र बुझाएको छ।
गण्डकी प्रदेश महासचिव गणेश पाैड्यालद्वारा जारी बिज्ञप्तिमा भनिएकाे छ ‘पोखराका पत्रकार ओम हमाललाईसर्वोच्च अदालतको आदेशपछि, पुन: पक्राउ गरिएको घटना प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियाे।
नेपाली पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय पुगी पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना दिएका हुन् । महासंघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ । पत्रकारहरुले पत्रकार ओम हमाललाई रिहा गर्न र सर्वोच्च अदालतको आदेश पालना गर्न सरकारलाई आग्रह गरेका समेत गरेको छ ।
गत भदौ ६ गते कास्कीको सिसुवाबाट पक्राउ परेका हमाललाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो । तर रिहा भएलगत्तै सर्वोच्च अदालतको गेट नजिकैबाट प्रहरीले फेरि पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य पत्रकार हमाल जनसञ्चार डट कम अनलाइनका सम्पादक समेत हुन् ।