logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

टीकापुर घटना बारे प्रचण्डले मुख खोले ‘त्यो राजनीतिक वि’द्रोह हो, निर्दो’षमाथि मु’द्धा चलाउनु उचित हाेइन’


  • राजनीति
  • आइतबार, भाद्र २२ २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनाको बारेमा मुख खाेलेका छन् । उक्त घटनाकाे बारे बाेल्दै उनले टीकापुर घटनामा निर्दो’षमाथि मु’द्धा चलाउनु उचित नभएको बताएका हुन् । आइतबार खुमलटारस्थित निवासमा थरुहट/थारुवान संयुक्त सं’घर्ष समितिको वार्ता टोलीसँग भेट गर्ने क्रममा अध्यक्ष प्रचण्डले कैलालीको टीकापुरमा भएको घटना राजनीतिक वि’द्रोह भएको बताउदै निर्दो’षमाथि मु’द्धा चलाउनु उचित नभएको धारणा व्यक्त गरेका हुन् ।

गत ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहित सात प्रहरीको ज्यान गएको घटनामा २६ जनाविरुद्ध मु’द्दा दा’यर भएकोमा २२ गते जिल्ला अ’दालत, कैलालीले केहिलाई निर्दो’ष सावित गरेको थियो । जसमध्ये तीन वर्ष कै’द भोगेर १५ जना यसअघिनै हिरा’सतमुक्त भइसकेका छन् भने , राजपाका सांसद रेशमलाल चौधरीसहित १२ जना अ’दालतले सुनाएको जन्मकैदको स’जाय भुक्ता’न गरिरहेका छन् ।

थरुहट/थारुवान संयुक्त सं’घर्ष समितिको वार्ता टोलीका सदस्यले अध्यक्ष प्रचण्डसँगको भेटमा राजनीतिक सहमति गरेर थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम थारु लगायतका थारु नेता, कार्यकर्ता माथि लगाइएको मु’द्दा फिर्ता लिन आ’ग्रह गरेको बताइएको छ । यस्तै लोक सेवा आयोगको विज्ञापन खा’रेजी, गिरिशचन्द्र लाल अयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत ६ बुँदे मागका विषयमा प्रचण्डको ध्याना’कर्षण गराएको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार