logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

झापाका दुई स्थानमा बम विस्फोट,गौरादह नगरपालिकाका कार्यकारी अधिकृत चढ्ने गाडीमा क्षति


  • राजनीति
  • सोमबार, भाद्र २३ २०७६

झापा- दुई स्थानमा बम विस्फोट भएका छन्। विस्फोटबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृतको गाडी र सहकारी भवनमा क्षति पुगेको छ।

प्रहरीका अनुसार आइतरबार राति गराइएको विस्फोटबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृत सागर मिश्र चढ्ने बा २ झ २५७० नम्बरको स्कारपियो गाडी गाडीमा ठूलो क्षति पुगेको हो।

राति साढे १२ बजे गौरादह-३ धोवनिया चोकस्थित निवासअगाडी पार्किङ गरी राखिएको उक्त गाडीमा बम विस्फोट गराइएको हो।

यस्तै यसअघि राति साढे ११ बजे बिर्तामोड-२ चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनमा बम विस्फोट गराइएकाे प्रहरीले जानकारी दिएकाे छ।

भवनको भुई तलाको ढोकामा गराइएकाे विस्फोटबाट सामान्य क्षति पुगेको छ । दुवै स्थानमा कस्तो बम र कसले विस्फोट गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार