logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

डेंगुले छाडेन चर्चित आँखा बिशेषज्ञ प्राडा सन्दुक रुइतलाई पनि


  • राजनीति
  • सोमबार, भाद्र २३ २०७६

पोखरा- डेंगुको संक्रमणले चर्चित आँखा बिशेषज्ञ प्राडा सन्दुक रुइतलाई समेत प्रभाव पारेको छ । डा।रुइत डेंगुबाट संक्रमण भएपछि ३ दिनदेखि नर्भिक अस्पताल भर्ना हुनु भएको हो। डा।रुइतका परिवारमा ३ जनालाई डंगु भएको छ ।

डेंगुले थलिएर अस्पताल भर्ना हुनुभएका रुइतले यसको संक्रमण भयावह बन्दै गएको बताउनु भएको छ । डेंगुको संक्रमण भयावह भएर आयो’ उहाँले भन्नुभयो, ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रूपमा चलाउन ढिला गरे झन् ग्राहो हुन्छ ।’

डा।रुइतले डेंगुको बिरामी संख्या सञ्चार माध्यममा आएको भन्दा दोब्बरले बढी हुन सक्ने बताउनुभयो । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार