logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

किन भयाे ओली नेपाल बिच बाेल्न बन्द ?


  • पत्रपत्रिका
  • मंगलबार, भाद्र २४ २०७६

सत्तारूढ दल नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन ।

ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन । उनीहरुबीच ५ भदौमा बसेको सचिवालय बैठकमा चर्काचर्की परेको थियो ।

नेपालले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्रीले ‘आवश्यक छैन’ भनेपछि बाझाबाझ परेको थियो ।

बैठकै असामान्य हुने अवस्थामा अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य वामदेव गौतमलगायत नेताले हस्तक्षेप गरेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार