logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ज्येष्ठ नागरिकका लागि न्यानो लुगा खरीदमा ३ लाख २० हजार ४१९ रुपैयाँ अनियमितता


  • राजनीति
  • सोमबार, माघ ८ २०७४

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा न्यानो लुगा खरीदमा अनियमितता भएको पुष्टि भएको छ । कुल ९ लाखको लुगा खरिदमा ३ लाख २० हजार ४१९ रुपैयाँ अनियमितता भएको छानबिन समितिले ठहर गरेको हो ।

नगर कार्यपालिका बैठकले ज्येष्ठ नागरिकका लागि न्यानो लुगा खरिद गर्दा अनियमितता गर्ने परशुराम नगरपालिकाका सूचना अधिकारी जगन्नाथ जोशीमाथी कारवाहीको माग गरेको छ । बैठकले अनियमितता गरेको रकम सोधभर्नासहित कारवाही गर्न नगर प्रमुख भिम बहादुर साउँदलाई आग्रह गरेको छ ।

यसअघि नगरपालिकाले छनविनका लागि वडा अध्यक्ष तथा कार्यपालिका सदस्य केशव बोहराको संयोजकत्वमा समिति गठन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार