logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यी हुन छात्रालाइ बसमा दुर्ब्यबहार गर्ने पुर्व सभासद


  • राजनीति
  • मंगलबार, भाद्र २४ २०७६

दुर्व्यवहारकाे आरोपमा पूर्व सभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् । घिसिङ पूर्व माओवादी केन्द्रका सभासद हुन् । सोमबार ललितपुरमा एक माध्यमिक विद्यालयकी छात्रालाई सार्वजनिक यातायातभित्र दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता एसपी दुर्गा सिंहले भनिन्, ‘उनलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता भएको छ ।’

घिसिङले सार्वजनिक यातायतमा छात्रालाइ दुर्व्यवहार गरेपछि छात्राले प्रतिकार गर्दा उनी बसबाट भागेका थिए । उनी भागेपछि यात्रुहरुले समातेर बसमा राखी प्रहरीलाई खबर गरेका थिए । सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरेकाे हाे ।

घिसिङ विस २०७० सालमा तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट समानुपातिक सभासद बनेका थिए । उनले पछि पार्टी छाडेकाे घाेषणा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार