पोखरा-मधेसमा महिलाबाटै महिलाहरु कथित बोक्सी आरोपमा यातना भोगिरहेका छन् । गाईभैंसीले दूध दिएन, छोरो बिरामी भयो भने एक÷अर्को छिमेकीलाई बोक्सीको नजरले हेर्न थाल्छन् । बोलीचालीको भाषामा बोक्सीलाई डायन भनिन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजकरण महतोले लेखेका छन् ।
बोक्सीको आरोपमा कुटिन्छन्, कोहीलाई मानव मलमूत्र कोच्याइन्छ । २०७५–०७६ मा प्रदेश २ मा २० वटा बोक्सीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
बोक्सी हुन्छ भन्ने अन्धविश्वासले महिलाबाटै महिला यातनाको सिकार बनेका छन् । हुने खाने घरका महिलालाई यो आरोप लाग्दैन । गरिब, विपन्न तथा एकल महिलामाथि नै बोक्सीको तलबार चलाइन्छ ।