पोखरा- प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि वरिष्ठ नेता माधवकुमार नेपाल सँग कुराकानी भएको छैन । ओली र नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन । उनीहरुबीच ५ भदौमा बसेको सचिवालय बैठकमा चर्काचर्की परेको थियो ।
नेपालले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्रीले ‘आवश्यक छैन’ भनेपछि बाझाबाझ परेको थियो ।
बैठकै असामान्य हुने अवस्थामा अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य वामदेव गौतमलगायत नेताले हस्तक्षेप गरेका थिए ।