logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मन्त्र ब्यान्डका सदस्य चढेको गाडी सराङकोटमा ब्रेक फेल हुँदा दुर्घटना , यस्तो छ अवस्था


  • राजनिती न्युज डेस्क
  • मंगलबार, भाद्र २४ २०७६

पोखरा– मन्त्र ब्यान्डका सदस्य चढेको गाडीको ब्रेक फेल हुँदा ब्यान्डका ४ सदस्य घाइते भएका छन् । पोखरा १८ सराङकोटबाट झर्दै गर्दा गाडिको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनाबाट गाडिको अगाडिको भाग कुच्चिएको छ । ब्यान्डका सदस्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ‘त्यस्तो आत्तिन पर्ने गम्भीर केही छैन’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले भने, ‘सबैको अवस्था सामान्य नै छ । गाडीको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको रहेछ ।’

मन्त्र ब्यान्ड दार्जिलिङबाट सुरु भएको ब्यान्ड हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार