logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचितलाई रेडिको लेखनाथको बधाई तथा सम्मान


  • राजनीति
  • मंगलबार, भाद्र २४ २०७६

पोखरा-लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई लेखनाथ रेडियो लेकसिटी ९६।२ ले बधाई तथा स्वागत र सम्मान गरेको छ ।

सोमबार एक कार्यक्रमक विच संघको २३ औं बार्षिक साधारण सभा तथा १२ अधिवेशनबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष बलराम ढकाल सहितको टोलीलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष बलराम ढकालले व्यवसायीका समस्यालाई समाधान गर्दै, सामुहिक एकता र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धता जनाए । अध्यक्ष ढकालले लेखा प्रणाली सही रुपले नराख्दा व्यवसाय व्यवस्थित हुन नसकेको उल्लेख गरे ।

रेडियो लेकसिटीका निर्देशक नवराज सापकोटाले लेखनाथ क्षेत्रमा पेशा तथा व्यवसाय गरेर बसेकाहरु आधा भन्दा बढी संघको पहुचबाहिर रहेकाले सवैलाई समेट्न सुझाव दिए । निर्देशक सापकोटाले संचार माध्यमले रचनात्मक आलोचना मार्फत गलत काम नहोस भन्नेमा सजग गराउने बताए ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव गोपीचन्द्र बास्तोला, उपमहा सचिव उपेन्द्र सुवेदी राजु, कोषाध्यक्ष जानुका अधिकारी र सदस्यहरु मेनुका श्रेष्ठ, रामजी पौडेल, धिरज कुमार श्रेष्ठ, शैलेन्द्र मोहन भट्टराई, भिम बहादुर नेपाली, भरत ओझा, बुद्धिप्रसाद बास्तोला र राधाकृष्ण अधिकारीलाई सम्मान गरिएको थियो ।

यसैगरी महिला सदस्य दिल कुमारी दाहाल र इन्दिरा रोका, संस्थागत सदस्य सुदेव गुरुङ्ग, एशोसियट सदस्य विक्रम कर्माचार्य, मनोनित सदस्यहरु विश्व गोपाल श्रेष्ठ, मेघराज पौडेल, कृष्णप्रसाद तिमिल्सिना, आमन्त्रीत सदस्य धु्रवबाबु भट्टराई र बुद्धिमाया थापा मगरलाई पनि सम्मान गरिएको थियो । कम्पनीका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन कम्पनी सचिव बद्रीनाथ पौडेलले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार