logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपाली पक्षकाे कमजोरी ले वाङकाे भ्रमण उपलब्धि शून्य


  • पत्रपत्रिका
  • बुधबार, भाद्र २५ २०७६

निकै चासाे र उत्साहका साथ हेरिएको चिनियाँ बिदेश मन्त्री काे भ्रमण नेपाली पक्षकाे कमजोर तयारी का कारण साेचेजस्ताे उपलब्धि हुन सकेन् ।

निकै चियोचर्चामाझ टुंगिएको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा भएको पारस्पारिक सहयोगको समझदारीलाई कूटनीतिक जानकारहरुले ‘घरेलु तयारी बिनाको नतिजा’ भनेर टिप्पणी गरेका छन् ।

नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बैठकपछि सोमबार हस्ताक्षर भएको समझदारीपत्रमा ठूला र अपेक्षित कुनै पनि सहयोगका एजेन्डा ‘सम्बोधन’ गरिएको थिनन् । मनाङमा ३५ करोड रुपैयाँको अस्पताल खोलिदिने, पाँच हजार त्रिपाल उपलब्ध गराउने र चिनियाँ भाषा पढाउने शिक्षक आपूर्ति गर्ने समझदारीमा दुई देशका विदेशीमन्त्री साक्षी बसेर ‘हस्ताक्षर’ गराएका थिए ।

‘हामी परम्परागत रुपमै यस्ता ठूला भ्रमणका अवसरमा अलि हतारिने गर्छौं, एजेन्डामा छलफल र तयारी गर्ने अभ्यास हामीमा छैन,’ पूर्वपरारष्ट्र सचिव मदनकुमार भट्टराईले कान्तिपुरसँग भने, ‘हामीले अन्तिम घडीमा तयारी गर्दाको परिणाम यसपटक फेरी देखा परेको छ ।’ यो समाचार कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार