माओवादी जनयुद्धको उत्कर्षको लडाइ बेनी आक्रमण बारेमा सम्क्षिप्तमा उल्लेख गर्ने कोशिस गरेका छौ ।
म्याग्दी जिल्लाको सदमुकाम बेनी बजार,म्याग्दी खोला र कालीखोलाको बिचमा २०६१ चैत्र ७ गते मध्य रातमा पश्चिम केन्द्रिय कमान्ड मतहतमा करिब ४५०० जनमुक्ति सेनाको केन्द्रिकरण हुदै थियो ।
उक्त केन्द्रीकरणका लागी फस्ट बिग्रेडबाट १२०० जना, सेकेन्ड बिर्गेड बाट १००० जना, थर्ड बिर्गेड बाट १०७० जना, फोर्थ बिर्गेड बाट ३२२ जना, स्वयंसेवक १७०० जना, क्षेत्रीय कार्यालय बाट ३० जना र डिभिजन कार्यलय बाट ६५ जनाको फोर्स केन्द्रीत थियो ।
सबैको सपोर्टको लागी घेराबन्दी र ब्लक गर्न पर्वतका लागी फोर्थ बिर्गेड बाट १२५, कास्की पोखरा बाट पर्वत हुदै आउने बाटो ब्लक गर्न १०० जना, माथिको घुमाउने ब्लक र पुल ब्लक तथा स्टप ग्रुप र बिधुतलाइ कटअफ गर्न २ ग्रुप गरी १०० जना गरी ३२५ जना र भित्र मुख्य ब्यारेकमा ३२२ जना केन्द्रीत गरेको थियो ।
त्यस्तै फस्ट बिर्गेड्बाट बाग्लुङ घेराबन्दी र ब्लक लागी र बिधुत कटअफका लागी १५० जना,घुमाउने घेराबन्दी र ब्लक लागी १५० जना,कारागार आक्रमणका लागी २०० जना, डिएसपी कार्यालय आक्रमणका लागी ४०० जना र मुख्य ब्यारेकका लागी २५० जना केन्द्रीत गरेको थियो । त्यसमा थर्ड बिग्रेडको सबै शक्ति मुख्री ब्यारेकमा १०७० केन्द्रित गरेको थियो ।

यसरी हेर्दा नयाँ र पुरानो अनुभवी प्रकारको मिश्रित शक्ति बिन्यास गरेको थियो ।
हतियारको बिन्यास यसरी गरेको थियो
– ८१ एमएम मोर्टार ४ बटा, सेल १२०,एन्टी क्राफ्ट २०
– टु इन्च मोर्टार ६ वटा सेल १२०
– आरएल ४ वटा,सेल १० वटा,ग्रेनेड डिस्चार्ज ६० वटा,१ वटा ग्रीनेड
– जिपिएमजी ४ वटा प्रती जिपिएमजी ७०० गोली
– एलएमजी ३१ वटा, प्रती एलएमजी ४०० गोली
– एसएमजी ३५ वटा प्रती एसएमजी १०० गोली
– एम १६ , ५ वटा प्रती १२५ गोली
– इन्सास ३ वटा प्रति १०० गोली
– गलिल सि भिक्टर आर २ वटा, प्रती २०० गोली
– एके-४७,१३ वटा, स्नाइपर १ वटा,प्रती १०० वटा गोली
– एसएलआर २०२ वटा प्रती ६१ गोली
– थ्री नट थ्री ९९३ वटा गोली ४१ वटा
– म्याग्नम,सटगन, ट्वेलबोर,भरुवा, सानो ठुलो रुवल्भर र चाहिदो गोलीहरु
– कट्टा, माइन, ह्यान्ड ग्रीनेड,वायर कटर,टिएमजी,वायर सर्चर,कुटी, खुकुरी ,गजा,माइन , तोप
उक्त प्राविधि र शक्ति तत्कालीन राज्य पक्ष सग भन्दा बढी रहेको कोचिङ्ग गरेका थिए ।
जनमुक्ति सेनाले पाचौं चरण सम्मको आक्रमण तरिका अप्नाएको थियो ।
उता राज्य पक्ष सग भने डिएसपी सहित १५० जना,सेना ४५० जम्मा ६०० को संख्या कार्यरत थियो । पछि २५९ + ८० जना गरी ९३० जतिको फोर्स को अनुमान गरेको थियो ।
आक्रमण पछि तत्कालीन माओवादीको समिक्षामा बेनी आक्रमण प्रतिक्रियावादी राजनीतिक सत्ता एब फौजी किल्ला माथी साच्चिकै बेजोडको हस्तक्षेप भएको निश्कर्ष रहेको थियो।