logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लोकप्रिय बन्दै सेनापति, सैन्य अधिकारीलाई सम्पत्ति सार्वजनिक गर्न निर्देशन


  • राजनीति
  • बुधबार, भाद्र २५ २०७६

नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापाले इतिहासमै पहिलो पटक व्यक्तिगत सम्पती सार्वजनिक गरेपछि चौतर्फी प्रशंसा बटुलेका छन् ।

पद सम्हालेको एक वर्ष पुगेको अवसरमा सेनापति थापाले मङ्गलवार नेपाली सेनाको वेवसाइट मार्फत व्यक्तिगत सम्पतीको विवरण सार्वजनिक गरेका हुन् ।

भ्ष्टाचारको अनुगमन र नियन्त्रण गर्न यसै वर्षबाट सबै रथी तथा सैनिक अधिकृतको सम्पत्ति विवरणको अभिलेख दुरुस्त राख्ने व्यवस्था गर्न लागिएको पनि थापाले बताएका थिए।

यसैबीच,नेपाली सेनाका अन्य उच्च सैनिक अधिकारीको सम्पत्ति विवरण पनि वेवसाइटमा राखिने भएको छ ।

सैनीक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार प्रधानसेनापति थापाले उच्च अधिकृतलाई पनि सम्पत्ति विवरण सार्वजनिक गर्न समेत निर्देशन दिएका छन् ।

भदौ मसान्तभित्र सम्पूर्ण अधिकृतले आफ्नो सम्पत्ति विवरण बुझाइसक्ने सैनिक प्रवक्ता पाण्डेको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार