logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सन्नी लियोनी भोलि बिहीबार नेपाल आउने


  • राजनीति
  • बुधबार, भाद्र २५ २०७६

फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बलिउड अभिनेत्री सन्नी लियोनी भोलि बिहीबार नेपाल आउने भएकी छिन् । सन्नी बिहीबार नेपाल आउन लागेको जानकारी ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले बताए ।

निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आयोजना हुने प्रिमियरका लागि उनी दिनको २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनेछिन् ।

प्रिमियरका लागि ७ः३० बजे कुमारी हल पुग्ने सन्नीले मिडिया साक्षात्कार गरेपछि ‘पासवर्ड’ फिल्म पनि हेर्ने कार्यक्रम रहेको बस्नेतको भनाइ छ ।

शनिबार भारत फर्किने तालिका सहित नेपाल आउन लागेकी सन्नीले शुक्रबार नेपालका केही स्थानमा भ्रमण समेत गर्ने बताइएको छ । फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् ।

पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ ।

अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार