logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरामा एका बिहानै व्यवसायीको अपहरण,४ जना पक्राउ


  • राजनीति
  • बिहिबार, भाद्र २६ २०७६

कास्की – निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका–९ शान्तिवनबाट ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको हो।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–१५ बस्ने ४२ वर्षीय गौतम थापा, सोही महानगरपालिका–२ अर्चलबोट बस्ने ३४ वर्षीय रोहीत सुनार, ५० वर्षीय वासुदेब पोखरेल र सोही महानगरपालिका–१० बस्ने ५४ वर्षीय प्रेम बहादुर थापा रहेका छन् । अपहरणमा प्रयोग गरिएका सवारी साधनसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्ने टोलीका नाइके गौतम थापा थिए । थापा नेतृत्वको टोलीले मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरीले खुलाएको छ । थापा नेतृत्वको टोलीले केही सामाजिक काम गर्ने, पैसा सहयोग गर्ने र त्यही कामको आधारमा चर्को मिटर ब्याज असुल्ने गरेको प्रहरीले जनाएको छ । थापा नेतृत्वको टोलीले मिटर ब्याजका लागि अपहरण गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

निर्माण व्यवसायीलाई सोही महानगरपालिका–९ नयाँबजारबाट केही व्यक्तिहरुले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कर्टिङ गर्दै अपहरण गरेर लगेको प्रहरीले जनाएको छ । प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार