logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रभासका ‘डाइहार्ट फ्यान’को यस्तो हर्कत भेट्न भन्दै चढे मोबाइल टावर


  • एजेन्सी
  • बिहिबार, भाद्र २६ २०७६

तेलंगानामा बाहुबलीका अभिनेता प्रभासलाई ‘डाइहार्ट फ्यान’ ले भेट्ण टाइम मिलाइ देउ भन्दै बुधबार एक हर्कत गरे, जसले धेरैलाई हैरान बनायो। प्रभाससँग भेट्न मरीमेटेका एक फ्यान मोबाइल टावरमा चढे र भेट्न नपाए आफूले हाम फाल्ने धम्की दिए।

यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रभाससँग भेट्ने समय नमिलाइदिए आफू टावरबाट फराल्ने धम्की उनले दिएका थिए । त्यहाँ भएका प्रहरी र अरु मानिसहरुले उनलाई धेरै सम्झाएका थिए तर उनी तल झरेनन्।

उनलाई टावरबाट कसरी झारियो र प्रभास यस बारेमा जानकार छन अथवा छैनन् भन्ने बारेमा खुलाइएको छैन।

बाहुबली प्रदर्शन पछि प्रभास ठूला स्टारका रुपमा उदाएका छन्। उनको पछिल्लो चलचित्र ‘साहो’ ले नकारात्मक टिप्पणी पछि पनि ४०० करोड रुपैयाँको आम्दानी गरीसकेको छ।

प्रभास यसपछि रोम्यान्टिक अवतारमा देखिँदैछन्। ‘वे राधा कृष्ण कुमार’ को आउँदै गरेको चलचित्रमा नायिका पूजा हेगडेँसँग देखिँदैछन्। यो चलचित्र अर्को वर्ष प्रदर्शनमा आउँने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार