logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

भदौ २८ मा हुनेँ पोखरा सभागृहमा स-फुँ-क्ह्याल्स साँस्कृतिक साँझको तयारी पुरा


  • राजनीति
  • बिहिबार, भाद्र २६ २०७६

पोखरा सभागृहमा स– फुँ–क्ह्याल्स साँस्कृतिक साँझको तयारी पुरा भएको छ। तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा यहि भदौ २८ गते शनिबार पोखरा सभागृहमा स– फुँ–क्ह्याल्स साँस्कृतिक साँझको कार्यक्रम स्थल बाहेक सबै तयारी पुरा भैसकेको आज तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
कार्यक्रम दिँउसाे १ः०० बजे बाट सुरू हुनेछ । कार्यक्रमको ८०% टिकट विक्री भैसकेकाे बताउदै जनाएकाे छ ।आगामी २०७८ सालको जनगणनामा अधिक्तम बोन धर्मावलम्बीको बृद्धी गराउन सहयोग पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

हाम्रो अभियान, वोन धर्मको पहिचान भन्ने नारा सहित पहिलो पटक यस्तो साँस्कृतिक सन्देश मुलक कार्यक्रमको आयोजना गर्न लागेको र तमू समुदायको आफ्नो मौलिक बोन धर्म, भाषा, भेष भुषा र सस्कार सस्कृति बारे साँस्कृतिक कार्यक्रम मार्फत प्रचार प्रसार गर्ने बताए।

उक्त कार्यक्रममा चर्चित राष्ट्रीय लोक दोहोरी गायक मिलन लामा, गायक तथा संगीतकार धनबहादुर गुरुङ र गायिका कुशुम गुरुङको साँगितिक प्रस्तुतिको रहनेछ ।त्यस्तै कार्यक्रममा आयोजकले ८ ओटा नृत्य, १२ ओटा आईटम प्रस्तुत गरीने र जसको लागि ६० जना कलाकार तयारी गरेको सास्कृतिक संयोजक विस्वास कोन्मे तमुले बताउनुभयो ।

कार्यक्रमका लागि अनुमानित ११ लाख ३० हजार खर्च हुने र १६ लाख ५० हजार आम्दानी हुने आयोजकले अनुमान गरिएको छ। कार्यक्रमको लागि प्रवाश शाखाहरु बाट सह आयोजक, प्रायोजक भएको र पोखरामा अबस्थित थुप्रै संघ सस्था, व्यावसायिक र व्यक्तिगत रुपमा समेत आर्थिक सहयोग भएको कार्यक्रम संयोजक समेत रहेका अध्यक्ष शुक्र राज सरब्ज तमुले जानाकारी दिनुभयो |

कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्भा गुरुङ रहने र मुख्यमन्त्रीले नेपाल सरकारको गण्डकी प्रदेश सरकार बाट यस कार्यक्रमलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको संयोजक तमुले जानाकारी दिनुभयो |

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार