logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेकपाले दल दर्ताकाे लागि यस्तो निवेदन बुझायाे आयाेगमा


  • राजनीति
  • शुक्रबार, भाद्र २७ २०७६

सत्तारूढ दल नेकपा ले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दताका लागि निवेदन दिएको छ ।

नेकपाले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि बिहीबार निवेदन दिएको हो ।

नेकपा महासचिव विष्णु पौडेलले संविधानअनुसार आवश्यक कागजातसहित आयोगमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको हस्ताक्षरित निवेदन पेश गरिएको जानकारी दिए ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा पार्टी बनेकाले नेकपाले दल दर्ताका लागि निवेदन दिनु परेको हो ।

नेकपाको सचिवालय बैठकले प्रदेश, प्रतिनिधिसभा र स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुन दल दर्ता हुनुपर्ने नियमअनुसार आवश्यक प्रक्रिया पूरा गर्न महासचिव पौडेललाई जिम्मेवारी दिएको थियो ।

हेर्नुस् निवेदन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार