logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दशैमा घरजानेहरुका लागि खुसिकाेे खबर असाेज ५ बाट टिकट बुकिङ


  • पत्रपत्रिका
  • शुक्रबार, भाद्र २७ २०७६

दशैलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुलेकाे छ। हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए ।

दसैंमा टिकट भाडादर भने नबढ्ने भएको छ । यातायात व्यवसायीले पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह गरेका थिए । यो समाचार आजको राजधानी दैनिकमा  टेनिस रोकाले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार