logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गोल ढुङ्गामा गोली खाएका गुरुङ को हुन ?


  • राजनीति
  • शुक्रबार, भाद्र २७ २०७६

काठमाडौंको तारकेश्वर नगरपालिका, गोलढुङ्गामा प्रहरीले गोली हानि नियन्त्रणमा लिएका साजन गुरुङ चर्चित गुन्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगी रहेको खुलेको छ ।

हाल सुन्धारा कारागारमा रहेका बस्नेतलाई प्रहरीले गत मंसिरमा भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

काठमाडौंको बानेश्वरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरिएको घटनाका उनी मुख्य योजनाकार हुन् ।

बस्नेतले जेलभित्रैबाट फिरौती धन्दा चलाईरहेको र साजन परिचालित रहेको सुचनापाएपछि महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्रन खोज्दा भागेपछि प्रहरीले २ गोली चलाएको थियो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले गोलढुङ्गास्थित फूलबारी रेष्टुराँबाट पक्रन खोज्दा प्रहरीलाई आक्रमण खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको जानकारी दिए

घाइते गुरुङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ ।

धादिङ घर भएका गुरुङ लामो समयदेखि गुण्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीको जिकिर छ । उनका साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको महाशाखाले जनाएको छ ।

गुण्डागर्दीमा संलग्न गुरुङले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको गरेका थिए । प्रहरी अधिकारीलाई नै उनले हत्या गर्ने धम्की समेत दिएको बताइएको छ ।

दुई दिन अघि समिरमानको निर्देशनमा फिरौती धन्दा चलाइरहेको आरोपमा गृहमन्त्री राम बहादुर थापाका भाई नरेश पक्राउ परेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार