राजनीति
प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन तरुण दलको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्र जंग शाहीलाई कारबाही गरेपछि महासचिव शाहीले पनि अध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएका छन्।
अध्यक्ष बस्नेतले शाहीलाई बर्खास्त गरेको विज्ञप्ति सार्वजनिक गरेको केही समयपछि महासचिव शाहीले पनि विज्ञप्ति मार्फत अध्यक्षलाई एक वर्षका लागि सदस्य समेत नरहने गरि कारबाही गरिएको विज्ञप्ति जारी गरेका छन् ।