राजनीति
नेकपा का युवा नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नेपालगन्ज बिमानस्थल मा नाराजुलुस सहित हातपातकाे प्रयास भएको छ । मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलाे भएको भन्दै यात्रुहरूले हातपातकाे प्रयास गरेका हुन् ।
बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरका विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएकाे थियाे । जसले गर्दा यात्रु र यात्रुका आफन्त आक्रोशित भएको बाँके प्रहरीले जनाएको छ । मन्त्रीका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।
उक्त जहाजमा भ्रष्टाचारविरूद्धका अभियान्ता ज्ञानेन्द्र शाहीसमेत रहेका थिए । उनकै शुभचिन्तकले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको प्रहरीले जनाएको छ । यात्रुले मन्त्री भट्टराई को हो ? भन्दै नाराबाजी गरेको नेपालगन्ज विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रेमसिंह भण्डारीले जानकारी दिए ।
मन्त्रीमाथि हातपातकाे प्रयास भएको जानकारी पाएपछि प्रहरीले रोकेकाले अप्रिय घटना हुन नपाएको भण्डारीले जानकारी दिए । मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए ।
यसबारेमा मन्त्री भट्टराईले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आफुमाथी राजावादीहरुकाे षड्यन्त्रमा हातपात गर्ने काेसिस भएकाे जनाएका छन्।
यस्तो छ उनकाे स्टाटस