logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

राष्ट्रियसभा निर्वाचनमा लड्ने २९ उम्मेदवारको एमालेले लगायो टुंगो को–को परे ? (नामावलीसहित)


  • राजनीति
  • बुधबार, माघ १० २०७४

Prime Minister K P OLI addresses the nation at prime minister Residence, baluwatar Kathmandu on Sunday, November 15, 2015 Photo; Keshab Thoker/Nagarik/republica

काठमाडौं– एमालेले पार्टीको तर्फबाट  राष्ट्रियसभा निर्वाचनमा लड्ने २९ उम्मेदवारको टुंगो लगाएको छ । एमालेले ७ वटै प्रदेशबाट माओवादी केन्द्रसँग भएको तालमेल सहमतिअनुसार २९ उम्मेदवारको टुंगो लगाएको हो । एमालेले सोमबार १३ उम्मेदवारको टुंगो लगाएको थियो भने मंगलबार  बाँकी  १६ उम्मेदवारको टुंगो लगाएको हो ।

 

एमालेले प्रदेश नं १ बाट  नैनकला ओझा (महिला), मोरङ,  खेम नेपाली ( दलित), मोरङ,  हरिचरण सिवाकोटी (खुला), झापा,  परशुमेघी गुरुङ (खुला), संखुवासभा,  र  अगम बान्तवा (अल्पसंख्यक), इलामलाई उम्मेदवार बनाएको छ ।

 

यस्तै प्रदेश नं २ बाट . सुमन प्याकुरेल (खुला), सप्तरीलाई उम्मेदवार बनाउँदा प्रदेश नं ३ बाट  पार्वती रावल (महिला), चितवन,  उदया शर्मा ( महिला), काठमाडौ,  सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक,  वलराम बाँस्कोटा (खुला), काठमाडौं,  बेदुराम भुसाल (खुला) ,काठमाडौं, र रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुरलाई उम्मेदवार बनाएको छ ।

 

यस्तै प्रदेश नं ४ बाट  रामबहादुर थापा (अपांगता), स्याङ्जा,  गणेश तिमिल्सिना (खुला), पर्वत,  शान्ति अधिकारी (महिला), बाग्लुङ र  दीपा गुरुङ (महिला), लमजुङलाई उम्मेदवार बनाएको छ  ।

 

यसैगरी प्रदेश नं ५ बाट . रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी,  खिमलाल भट्टराई (खुला), रुपन्देही,  मीना बुढा (महिला), रोल्पा र . कोमल वली (महिला), दाङलाई उम्मेदवार बनाएको छ  ।

 

यस्तै प्रदेश नं ६ बाट  कविता बोगटी (महिला), हुम्ला,  नन्दा शर्मा ( महिला), सुर्खेत,  नरपति लोहार (दलित), कालिकोट,  भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट,  ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउँदम प्रदेश नं ७ बाट . कमला ओली (महिला), कैलाली,  इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, . शेरबहादुर कुँवर (खुला), अछाम र  चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाइएको छ ।

एमालेले राष्टिय सभा निर्वाचनमा उत्साहका साथ सहभागी भई वाम गठबन्धनका उमेदवारहरुलाई जिताउन केन्द्रित हुने निर्णय समेत गरेको सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तालमेल सहमतिअनुसार माओवादी केन्द्रले १४ र एमालेले २९ सिटमा  उम्मेदवार उठाउन लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार