logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रुपन्देहीमा गोली चल्यो, गोली लागेर कुर्मीको मृत्यु


  • राजनीति
  • आइतबार, भाद्र २९ २०७६

पोखरा- अज्ञात समूहको गोली लागेर रुपन्देहीको रोहिणी गाउँपालिका-३ मा एक जनाको मृत्यु भएको छ । अज्ञात व्यक्तिको गोली लागेर आइतबार दिउँसो ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै गरेको जानकारी दिए । उनको बायाँ कुममा गोली लागेको छ।

गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् । घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार