logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

क्रान्तिकारीको डडेल्धुरा सम्मेलन सम्पन्न, संघर्षका लागी तयार रहेको घोषणा


  • राजनीति
  • सोमबार, भाद्र ३० २०७६

सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) डडेल्धुरा ११ औं जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।

सरकारको प्रतिबन्धलाइ वेवास्था गर्दै क्रान्तिकारीले सम्मेलन भब्यतापुर्वक  सम्पन्न गरेको जनाएको छ । “शैक्षिक विकृति विसङ्गतीका विरुद्धमा हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि ११ जिल्ला सम्मेलन !! भन्ने मुल नारा सहित सम्मेलन सम्पन्न गरेको क्रान्तिकारीले जानकारी दिएको छ । क्रान्तिकारीका महासचिव प्रकाश शाही केन्द्रिय नेता बिरेन्द्र शाह लगाएतको बिशेष उपस्थिति रहेको क्रान्तिकारी डडेल्धुराले जानकारी दिएको छ ।

उक्त जिल्ला सम्मेलनले शंकर खातीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ ।

सम्मेलन पछि क्रान्तिकारी द्धारा जारी गरिएको बिज्ञप्ती

विषय : प्रेस विज्ञप्ति

हाम्रो महान तथा गौरवशाली सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) शैक्षिक विकृती विसङ्गती र वैज्ञानिक समाजवादी शिक्षाका लागि सदैव संघर्षरत रहेको छ ।
“शैक्षिक विकृति विसङ्गतीका विरुद्धमा हाम्रो आन्दोलन !
वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि ११ जिल्ला सम्मेलन !!
भन्ने मुल नारा सहित “हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) डडेल्धुराको हालसालै ११औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । कथित कम्युनिस्टहरु द्वारा संचालित दलाल सरकारले लगाएको प्रतिबन्ध लाई खारेज गर्दै जिल्ला सम्मेलन भव्यतापुर्वक सफल गरेका छौ । जिल्ला सम्मेलनले जिल्लामा हुने शैक्षिक क्षेत्रको आमूल रुपान्तरणका लागि निरन्तर संघर्ष गर्ने निर्णय सहित शंकर खातीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको जानकारी यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं।
क्रान्तिकारी अभिवादन सहित !
शंकर खाती
अध्यक्ष

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार