logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भारतको बैङ्लोरमा पानीको ट्याङ्कीमा डुबेर मृत्यु


  • रासस
  • सोमबार, भाद्र ३० २०७६

रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको एक युवकको शनिबार राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी रहेका छन्।

काम सकेर डेरामा फर्कने क्रममा जोशी लडेर ट्याङ्कीमा खसेको सुदूरपश्चिमेली नेपाली समाज कर्नाटक राज्यसमितिका संस्थापक अध्यक्ष लिलाधर कपाडीले जानकारी दिए।

मृतक जोशी बैङ्लोरस्थित एक होटेलमा कार्यरत थिए। उनी एक महीनाअघि रोजगारीका लागि भारत गएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार