राजनीति
काठमाडौं – राष्ट्रिय जनता पार्टी, (राजपा) नेपाल र लोक दलले सविधान दिवसको दिन‘ब्ल्याक आउट’(बत्ति निभाउने) गर्ने निर्णय गरेको छ । २०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरेको र त्यो सविधानलाई अझै संशोधन नगरेको भन्दै त्यस दिनको सम्झनामा विरोध दिवस मनाउनुको साथै साँझामा ब्ल्याक आउट (बत्ति निभाउने) गर्ने निर्णय भएको राजपा ले जनाएका छन ।
असोज ३ गते दिउँसो २ बजेदेखि प्रत्येक जिल्लामा विरोध जुलुस प्रदर्शन गर्नुको साथै साँझ ७ बजेदेखि ७ः१५ वजेसम्म ब्ल्याक आउट गर्ने निर्णय भएको छ। पार्टीले त्यसका लागि नेताहरुको जिम्मवारी बाँडफाँड गरेको छ । २७ जिल्लाका लागि ४२ जनालाई खटाइएको छ ।
त्यो दिन समाजवादी पार्टीले सात वटै प्रदेशको राजधानीमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।