logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

ज्ञानेन्द्र शाहीलाई कास्की जिल्लामा प्रवेश निषेध


  • राजनीति
  • सोमबार, भाद्र ३० २०७६

पोखरा-राष्ट्रिय युवा संघ कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै ‘गलत अभियान’मा लागेको भन्दै ज्ञानेन्द्र शाहीलाई कास्की जिल्लामा प्रवेश गर्न नदिने घोषणा गरेको छ।

‘सामाजिक सञ्जालहरूको दुरूपयोग गरी समाजमा भ्रम श्रृजना गर्ने, द्वन्द्व सिर्जना गर्न उकास्ने, पछिल्ला उपलब्धि र परिवर्तनको विरोधी तत्वहरू प्रायोजित तथा सञ्चालित छन्,’ युवा संघको विज्ञप्तिमा भनिएको छ,‘पछिल्लो समयमा यस्ता गलत अभियानमा संलग्न ज्ञानेन्द्र बहादुर शाही (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आमजनसमुदायलाई विधिको शासन पछिल्लो परिवर्तन तथा उपलब्धिको पक्षमा उभिएर सहयोग गरिदिनु हुन अपिल गर्छौं।’

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्दा नेपालगञ्जबाट काठमाडौं आउन लागेको जहाजको उडानमा ढिला भएको कारण देखाउदैँ शाहीको समूहले मन्त्री भट्टराईलाई ‘दुर्व्यवहार’ गरेको थियो। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ।

सोही विषयमा आइतबार शाहीले पत्रकार सम्मेलन गर्न लाग्दा हुलहुज्जत भएको थियो।

त्यसपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार छोडेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार