logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अौषधी लिन अस्पताल पुगेका विप्लव नेकपाका दुई समर्थक पक्राउ


  • राजनीति
  • सोमबार, भाद्र ३० २०७६

पोखरा- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ निवासी जिल्ला कमिटी सदस्य अतुल कुँवर र शान्ति नगरगाउँपालिका वडा नं। ५ बागढोइ निवासी उद्धव शाह पक्राउ परेको प्रहरी स्रोतले बताएको छ।

प्रेसरका विरामी कुँवरलाई आइतबार राति दस बजेतिर राप्ती प्रादेशिक अस्पतालमा औषधि किन्न गएको समयमा प्रहरीले पक्राउ गरेको थियो भने शाहलाई सोमबार बिहान ९ बजेतिर तुलसीपुरको बसपार्कबाट पक्राउ गरिएको थियो।

राप्ती सेवा प्रालिका कर्मचारी शाहलाई प्रहरीले टिकट काउन्टरबाटै नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताए।

शाह विप्लवका समर्थक मात्रै रहेको स्रोतले बताएको छ। कुँवर साहरा यातायात प्रालिको सञ्चालक समितिका पदाधिकारी रहेको खुल्न आएको छ ।

आफ्ना कार्यकर्ता पक्राउ परेको बारेमा विप्लव नेकपाले कुनै प्रतिक्रिया जनाएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार