logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गृहमन्त्री थापाका भाइकाे हिरासत ‘चिरायु’ अस्पताल भएपछि ….


  • पत्रपत्रिका
  • मंगलबार, भाद्र ३१ २०७६

गृहमन्त्री राम बहादुर थापाका भाइ पक्राउ परेयता उनकाे लागि हिरासत चिरायु अस्पताल भएकाे छ। पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सकको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालनमा भर्ना भएका हुन् । ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ ।’

ब्युरो स्रोतका अनुसार गत बुधबारदेखि नै थापा बिरामी भएको बहानामा अस्पताल भर्ना भएका हुन् । उनले त्यहाँ एक क्याबिन रुम लिएका छन् । यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार