logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

याेगेश ज्ञानेन्द्र बिवादमा गगनले मुख खाेले ‘अरिङगाल’ प्रबृत्ति छाेडनुस


  • राजनीति
  • मंगलबार, भाद्र ३१ २०७६

पुर्व मन्त्री  नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले ज्ञानेन्द्र शाहीलाई कास्की जिल्ला प्रवेशमा रोक लगाउने नेपाल युवा संघको निर्णयप्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता थापाले गल्ती गर्नेलाई निषेध गरेर नभई विधिले बाँध्नु पर्ने सुझाव दिए । उनले खेखेका छन्, ‘ कमरेड ! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो। ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछन। आफ्नो विचार राख्न पाउँछन। गल्ति गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन।’

साथै नेता थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन युवा संघले जारी गरेको विज्ञप्ति राख्दै सरकारको मति र अरिङगाल प्रवृत्ति’ मा सुधार गर्न समेत सुझाए । उनले भने, ‘सरकारको गति र मति ठिक पार्नुहोस् आफ्नो ूअरिङगाल प्रवृत्तिू छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफै परास्त हुन्छन्।’

भ्रष्टाचारविरोध अभियन्ता ज्ञानेन्द्र शाहीलाई नेकपाको कास्की जिल्ला युवा संघ र वाइसीएल नेपालले कास्की प्रवेशमा निषेध गरिएको विज्ञप्ति जारी गरेका थिए।

शनिबार नेपालगञ्ज विमानस्थलमा ज्ञानेन्द्र शाहीको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेको थियो । मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलो भएको भन्दै उनीहरुले होहल्ला गरेका थिए ।

यस्तो छ स्टाटस

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार