logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लमजुङ केन्द्रबिन्दू भएर ४.५ म्याग्निट्युडको भूकम्प


  • राजनीति
  • मंगलबार, भाद्र ३१ २०७६

लमजुङमा मंगलवार बिहान भूकम्पको धक्का महसूस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङ केन्द्रबिन्दू भएर बिहान ९ः५३ बजे ४।५ म्याग्निट्युडको भूकम्प गएको हो ।

लमजुङ र हिमाली जिल्ला मनाङबिचको बेसीशहर–चामे सडक खुल्यो

लमजुङ – लमजुङ र हिमाली जिल्ला मनाङबिचको एक मात्र बेसीशहर–चामे सडक खुलेको छ । नासो गाउँपालिका–१ तालस्थित म्यार्दीभीरमा पहिरो जाँदा अवरुद्ध भएको करिब १७ दिनपछि शनिबार बेलुकादेखि सडकखण्ड खुलेको हो ।

करिब १०० मिटर माथिबाट आएको ठूला–ठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध बनाएको सडक १० दिनको प्रयासपछि खुल्न सफल भएको छ । पहिरोले १२० मिटर सडक नै भत्काएपछि तत्काल सडक खुलाउने प्रयास गरिए पनि ठूला–ठूला ढुङ्गा हटाउन र फोर्न नसकिएपछि ८० वटा बम ब्लाष्ट र ब्रेकर लगाएर सडक सञ्चालन गर्न सफल भएको सडक डिभिजन कार्यालय दमौलीका सवइञ्जिनीयर सुमन अधिकारीले बताए ।

उनका अनुसार पहिलाको सडक नै पत्ता नलाग्ने गरी सडक भत्किएपछि पहिलाको भन्दा फरक ‘ट्र्याक’ खोलेर सडक निर्माण तथा मर्मत गरिएको छ ।

उनले भने “सडक खुलाउनलाई धेरै जोखिम मोल्नुपरेको र यस्तो ठूलो पहिरो त यसअघि कहिले पनि थाहा पाइन, यो पहिरो अहिलेसम्मकै ठूलो रह्यो ।” अहिले सडक सञ्चालन भएपनि कतिबेला फेरि पहिरो आएर सडक अवरुद्ध हुन्छ थाहा नै नहुने सडक डिभिजन कार्यालय दमौली तनहुँले जनाएको छ ।

सडक डिभिजन कार्यालयले सडक सञ्चालन गर्न सफल भएपनि लमजुङ र मनाङको सिमानामा रहेको म्यार्दी खोलामा पुल निर्माण सम्पन्न हुन नसक्दा खोलाबाट साना सवारी साधन तर्न नसकेको र ट्रक, ठूला ट्र्याक्टर मात्रै खोलाबाट तर्न सकेको सवइञ्जिनीयर अधिकारीले भने ।

र्दीखोलामा पानी नघटेको र आकाशबाट पानी बेला–बेला पर्ने गरेकाले खोलामा पानीको प्रवाह बढिरहेकाले साना सवारी साधन खोला तर्न सक्ने अवस्था नहुँदा यात्रुलाई समेत समस्या हुने भएको छ । बेँसीशहरदेखि चामेसम्म ६५ किलोमिटर लामो दूरी छ ।

यस सडकमा दैनिक यात्रु बोक्ने ३५ सवारी साधन आवतजावत गर्ने गर्दछन् । चाडपर्व नजिकिएसँगै सामानसमेत ढुवानी गर्नलाई समस्या हुन थाले पनि सडक सञ्चालन भएपछि भने स्थानीय बासिन्दा खुशी भएका छन् ।

म्यार्दीखोलामा निर्माणाधीन मोटरेबल पुल केही दिनमा निर्माण सम्पन्न हुने र सो पुलबाट सवारी साधन गुड्न थाल्ने सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुलको ‘एम्प्रोज रोड’ को केही भाग मात्रै निर्माण सम्पन्न गर्न बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार