राजनीति
पोखरा- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ।
बिर्तामोड नगरपालिका-४, नेपाल विद्युत् प्राधिकरणको कार्यालयपछाडि सञ्चालन गरिएको विप्लव नेकपाको जिल्ला पार्टी कार्यालयमा प्रहरीले छापा मारेको हो।
सोमबार सञ्चालन गरिएको अपरेसनका क्रममा तीन जना नेतासमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विप्लव नेकपका झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगरलाई पक्राउ गरिएको हो।
घटनाबारे आज मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।