राजनीति
नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङ पक्राउ परेका छन् ।
जिल्लाको सिद्धलेक गाउँपालिका–५ बस्ने गुरुङलाई धुनिवेशीको पिपलामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धािदङले जनाएको छ ।
प्रदेश ३–०२, ००७ प ०९२७ नम्बरको मोटरसाईकलमा यात्रा गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । धुनिवेशीबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यलय धादिङको कार्यलयमा ल्याइएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
उनको साथबाट पाँच थान मोबाइल फोन र केही नगद बरामद गरिएको छ ।
उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रतिबन्ध यता सयाै नेेेेता तथा कार्यकर्ता जेल छन् ।